“सुन्नुहोस्, ध्यान दिएर सुन्नुहोस्, र ध्यान दिनुहोस्” युवाको शक्तिका लागि, जनवरी. २०२१, ३२।
मासिक युवाको शक्तिका लागि सन्देश, जनवरी २०२१
सुन्नुहोस्, ध्यान दिएर सुन्नुहोस्, र ध्यान दिनुहोस्
बाट अप्रिल २०२० साधारण सभा सम्बोधन।
गेभ डिजाइनद्वारा चित्रण गरिएको
सिद्धान्त र करारको सबै भन्दा पहिलो शब्द हो सुन (हेर्नुहोस् सिद्धान्त र करार १:१। यसको अर्थ “पालना गर्ने मनशायका साथ सुन्नु” हो। सुन्नु भनेको “उहाँलाई सुन्नु हो”— मुक्तिदाताले के भन्नुहुन्छ भनेर सुन्ने र त्यसपछि उहाँको सल्लाहमा ध्यान दिने। “उहाँलाई सुन्नुहोस्” भन्ने ती दुई शब्दहरूमा -परमेश्वरले हामीलाई यस जीवनमा सफलता, खुशी, र आनन्दको नमूना दिनुभएको छ। हामीले परमप्रभूका वचनहरूलाई सुन्न अनि तिनीलाई पालना गर्न र उहाँले हामीहरूलाई के भन्नुभएको छ भनेर तिनीहरूमा ध्यान दिन आवश्यक छ।
उहाँलाई सुन्नका लागि हामी कहाँ जान सक्छौं?
हामी धर्मशास्त्रमा खोज्न सक्छौं। हामी उहाँलाई मन्दिरमा पनि सुन्न सक्छौं। हामीले पवित्र आत्माको सानो आवाजलाई चिन्ने हाम्रो क्षमतालाई शुद्ध गरेपछि पनि हामीले अधिक स्पष्ट रूपमा उहाँलाई सुन्छौं। अनि अन्तमा, हामी उहाँलाई सुन्छौं, जब हामी अगमवक्ताहरू, द्रष्टाहरू र प्रकाशकहरूका कुरामा ध्यान दिन्छौँ।
मुक्तिदाताले के भन्नुभएको थियो र अहिले उहाँले आफ्ना अगमवक्ताहरू मार्फत के भन्दै हुनुहुन्छ भन्ने कुरा तपाईले चासो दिएर सुन्नुभयो, अनि पालना गर्नुभयो र ध्यान दिनुभयो भने के हुनेछ? म प्रतिज्ञा गर्छु कि तपाईंलाई प्रलोभन, संघर्ष र कमजोरीसँग जुध्न थप शक्ति प्रदान गरिनेछ। म तपाईंको पारिवारिक सम्बन्ध, र दैनिक काममा चमत्कारहरूको प्रतिज्ञा गर्छु। अनि म वचन दिन्छु कि तपाईंको जीवनमा अशान्ति बढ्दा पनि तपाईंको आनन्द अनुभव गर्ने क्षमता बढ्नेछ।
© 2020 by Intellectual Reserve, Inc. All rights reserved. संयुक्त राज्य अमेरिकामा मुद्रित। अङ्ग्रेजी अनुमोदन: ६/१९। अनुवाद अनुमोदन: ६/१९। Monthly For the Strength of Youth Message, January 2021. को अनुवाद Nepali. 17463 372