२०२१
येशूले सिक्नुभयो र हुर्कनुभयो
जनवरी २०२१


“येशूले सिक्नुभयो र हुर्कनुभयो,” साथी, जनवरी २०२१

धर्मशास्त्रका कथाहरु

येशूले सिक्नुभयो र हुर्कनुभयो

बालक येशू

एप्रिल स्कटद्वारा चित्रण

येशू सानो बालक भएर जन्मनुभयो। म पनि एकपटक बालक थिएँ!

मेरी, जोसेफ र बालक येशू

मेरी र जेसेफले येशूको हेरचाह गर्नुभयो। मेरो हेरचाह कसले गर्नुहुन्छ?

जोसेफ र सानो येशू

म हुर्किएको जस्तै गरी येशू पनि हुर्कनुभएको थियो। उहाँ ज्ञान मा हुर्कनुभयो। त्यसको अर्थ उहाँले नयाँ कुराहरु सिक्नुभयो।

सानो येशू

उहाँ कदमा ठूलो हुनुहुन्थ्यो। त्यसको अर्थ उहाँको शरीर ठूलो थियो।

सानो येशू पढ्दै

उहाँ परमेश्वरको मायामा हुर्कनुभयो। त्यसको अर्थ उहाँले स्वर्गमा रहनुभएका पिताको बारेमा सिक्नुभयो। उहाँले खेल्न सिक्नुभयो। उहाँले धर्मशास्त्रहरु पढ्नुभयो।

सानो येशू अरू केटाकेटीहरूसँग

उहाँ मानिसहरुको मायामा हुर्कनुभयो। त्यसको अर्थ उहाँले नयाँ साथीहरु बनाउनुभयो। उहाँ अरुप्रति दयालु हुनुहुन्थ्यो। उहाँले आफ्नो परिवारलाई सहयोग गर्नुहुन्थ्यो।

केटाकेटीहरू बगैंचामा

म मरो मस्तिष्क र शरीरलाई बढ्न सहयोग गर्न सक्छु। म परमेश्वरका बारेमा सिक्न सक्छु। म राम्रो साथी बन्न सक्छु। म येशू जस्तै राम्रो तरिकाले हुर्कनेछु।