“येशूले सिक्नुभयो र हुर्कनुभयो,” साथी, जनवरी २०२१
धर्मशास्त्रका कथाहरु
येशूले सिक्नुभयो र हुर्कनुभयो
एप्रिल स्कटद्वारा चित्रण
येशू सानो बालक भएर जन्मनुभयो। म पनि एकपटक बालक थिएँ!
मेरी र जेसेफले येशूको हेरचाह गर्नुभयो। मेरो हेरचाह कसले गर्नुहुन्छ?
म हुर्किएको जस्तै गरी येशू पनि हुर्कनुभएको थियो। उहाँ ज्ञान मा हुर्कनुभयो। त्यसको अर्थ उहाँले नयाँ कुराहरु सिक्नुभयो।
उहाँ कदमा ठूलो हुनुहुन्थ्यो। त्यसको अर्थ उहाँको शरीर ठूलो थियो।
उहाँ परमेश्वरको मायामा हुर्कनुभयो। त्यसको अर्थ उहाँले स्वर्गमा रहनुभएका पिताको बारेमा सिक्नुभयो। उहाँले खेल्न सिक्नुभयो। उहाँले धर्मशास्त्रहरु पढ्नुभयो।
उहाँ मानिसहरुको मायामा हुर्कनुभयो। त्यसको अर्थ उहाँले नयाँ साथीहरु बनाउनुभयो। उहाँ अरुप्रति दयालु हुनुहुन्थ्यो। उहाँले आफ्नो परिवारलाई सहयोग गर्नुहुन्थ्यो।
म मरो मस्तिष्क र शरीरलाई बढ्न सहयोग गर्न सक्छु। म परमेश्वरका बारेमा सिक्न सक्छु। म राम्रो साथी बन्न सक्छु। म येशू जस्तै राम्रो तरिकाले हुर्कनेछु।
© 2020 by Intellectual Reserve, Inc. All rights reserved. संयुक्त राज्य अमेरिकामा मुद्रित अङ्ग्रेजी अनुमोदन: ६/१९। अनुवाद अनुमोदन: ६/१९। Monthly Friend Message, January 2021. को अनुवाद। Nepali. 17463 372