युवाहरूको शक्तिका लागि
खुसी हुन चाहनुहुन्छ ? कृतज्ञताको प्रयास गर्नुहोस् ।
युवाहरूको शक्तिका लागि फेब्रूवरी २०२६


मासिक युवाहरूको शक्तिका लागि सन्देश, फेब्रूवरी २०२६

खुसी हुन चाहनुहुन्छ ? कृतज्ञताको प्रयास गर्नुहोस् ।

जब तपाईंको जीवन परिवर्तनहरूले भरिएको हुन्छ, कृतज्ञताले तपाईंलाई सकारात्मक वस्तुमा ध्यान केन्द्रित गर्न र आशावादी रहनका लागि सहयोग गर्न सक्छ ।

वर्षाको बादलमुनि रहेको एक व्यक्ति अनि चराहरू, पुतलीहरू र फूलहरूले घेरिएको एक व्यक्ति

म्यागी स्टिफनसनद्वारा चित्रण

तपाईं कृतज्ञ हुँदाको समयमा भन्दा बढी खुसी कहिल्यै हुनुहुने छैन ।”

सत्तरीका एल्डर गेरी बी. सबिनको यो उद्धरणले तपाईं कति खुसी हुनुहुन्छ भन्ने विषयलाई तपाईं कति कृतज्ञ हुनुहुन्छ भन्ने विषयले प्रत्यक्ष रूपमा प्रभावित हुन्छ भनेर सुझाव दिन्छ । यो अर्थपूर्ण छ—जब तपाईं कृतज्ञ हुनुहुन्छ, तपाईंले नकारात्मक विषयहरूको सट्टामा सकारात्मक विषयहरूमा ध्यान केन्द्रित गर्दै हुनुहुन्छ ।

तैपनि, सदैव योजनाअनुसार जीवन चल्दैन । अप्रत्याशित परिवर्तनहरूले तपाईंलाई खुसी भन्दा बढी तनावग्रस्त, दुःखी वा निराश बनाउन सक्छ । परन्तु जब विषयवस्तुहरू कठिन हुन्छन्, कृतज्ञताले तपाईंलाई आशावादी रहनका लागि सहयोग गर्न सक्छ । आफ्नो जीवनमा थप कृतज्ञता ल्याउन यी तीन तरिकाहरू प्रयास गर्नुहोस् ।

१. असल चीज खोज्नुहोस्

प्रायशः त्यस समयमा कृतज्ञता राख्नु सबैभन्दा कठिन हुन्छ जब तपाईंलाई केही चीजको अभाव भएको महसुस हुन्छ । परन्तु तपाईंसँग भएका चीजमा भन्दा तपाईंसँग नभएका विषयमा ध्यान केन्द्रित गरेर तपाईं कस्ता आशीर्वादहरूलाई बेवास्ता गर्दै हुनुहुन्छ ?

आफ्नो जीवनमा असल विषय खोज्दै जाँदा, समयसँगै तपाईंले यो भेट्टाउनु सजिलो हुने छ ।

२. दातालाई कृतज्ञता व्यक्त गर्नुहोस्

जब तपाईं आफ्ना आशीर्वादहरू गणना गर्नुहुन्छ, तिनीहरू कहाँबाट आउँछन् भनेर नबिर्सनुहोस् ।

स्वर्गका पितालाई—उहाँका पुत्रको उपहारसहित, उहाँका उपहारका लागि धन्यवाद दिनु—ले उहाँप्रतिको तपाईंको प्रेम र आस्थालाई अझै गहन बनाउन सक्छ । प्रथम अध्यक्षका दोस्रो सल्लाहकार अध्यक्ष डि. टड क्रिस्टोफरसनले पनि वर्णन गर्नुभयो, “परमेश्वरप्रति कृतज्ञता महसुस गर्नु र व्यक्त गर्ने … प्रसन्नदायी नवीकरणको भावनाले उपासनालाई भर्छ,” ले तपाईंलाई प्रसन्नता र शक्ति दिन्छ र तपाईंको गवाही सुरक्षित राख्नका लागि सहयोग गर्छ ।

३. स्वर्गका पिताको योजनामा ध्यान केन्द्रित गर्नुहोस्

स्पष्ट रूपमा, कृतज्ञता हुनुको अर्थ जीवनमा कठिन चीजहरूलाई बेवास्ता गर्नु वा सदैव खुसी महसुस गर्नु होइन । येशू ख्रीष्टले पनि पीडा महसुस गर्नुभयो र स्वीकार गर्नुभयो (हेर्नुहोस् अल्मा ७:११; सिद्धान्त र करार १९:१८-१९) । दुःख मरणशीलताको सामान्य अंश हो ।

परन्तु जे भए तापनि, एउटा विषय: स्वर्गका पिताको कृपाको योजना कहिल्यै परिवर्तन हुँदैन । जीवनमा तपाईंले अनुभव गर्ने सबै दुःख र पीडा येशू ख्रीष्ट र उहाँको प्रायश्चितका कारणले सही हुने छ (प्रकाश २१:४ हेर्नुहोस्) ।

बाह्र प्रेरितहरूको गणका एल्डर डिटर एफ. उक्डोर्फले वर्णन गर्नुभयो: “सङ्कटको समयमा कृतज्ञ हुनुको अर्थ हामी हाम्रो परिस्थितिसँग खुसी छौँ भन्ने होइन । यसको अर्थ आस्थाको दृष्टिबाट हामी हाम्रा वर्तमान चुनौतीहरूभन्दा बाहिर दृष्टि दिन्छौँ भन्ने हो ।”

सूचीहरू

  1. गेरी बी. साबिन, Oct. 2023 general conference (Ensign, नोभेम्बर २०२३, ५८) ।

  2. डि. टड क्रिस्टफर्सन, Apr. 2025 general conference (Liahona, मे २०२५, ७७ ।

  3. डिटर एफ्. उक्डोर्फ Apr. 2014 general conference (Ensign or Liahona, May २०१४, ७६) ।