मासिक युवाहरूको शक्तिका लागि सन्देश, अक्टोबर २०२५
परमप्रभु सँग चर्च किन छ ?
ख्रीष्टको चर्चको उद्देश्य “व्यक्ति र परिवारहरूलाई मुक्ति र उन्नयनको कार्य पूरा गर्न परमेश्वरलाई सहयोग गर्न सक्षम बनाउनु” हो । पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चले “[परमेश्वरका] सन्ततिहरूलाई महिमाको उच्चतम स्तरका लागि योग्य बनाउन सहयोग गर्छ, जुन उन्नयन वा अनन्त जीवन हो ।”
“उहाँको सुसमाचार प्रचार गर्न, उहाँका विधिहरू र करारहरू प्रदान गर्न र उहाँको शक्तिले हामीलाई धर्मी प्रमाणित गर्न र पवित्र पार्ने आफ्नो उद्देश्य पूरा गर्न र आफ्नो कार्यलाई सम्भव बनाउन—मुक्तिदाताले … [चर्च] लाई आदेश दिनुभयो।”
चर्चका सदस्यहरूले पादरित्वका अधिकार र साँचाहरू, करार र विधिहरू, अगमवाणीय मार्गनिर्देशन, धर्मशास्त्रहरू र सन्तहरूको समुदायका माध्यमद्वारा येशू ख्रीष्टका शक्ति र आशीर्वादहरूमा पहुँच राख्छन् ।
चर्चलाई यो पनि आज्ञा दिइएको छ: “उठ र चम्किलो बन ताकि तिम्रो ज्योति राष्ट्रहरूका लागि उदाहरण बन्ने छ” सिद्धान्त र करार ११५:५) ।
चर्चका सदस्यहरूले सुसमाचार पालना गरेर, सबैलाई सुसमाचार ग्रहण गर्न आमन्त्रण गरेर, अनन्तकालका लागि परिवारहरूलाई एकताबद्ध गरेर र गरिब र आवश्यकतामा परेकाहरूको हेरचाह गरेर “चम्कने” प्रयास गर्छन् । यो परमेश्वरको मुक्ति र उन्नयनको कार्य हो ।
© 2025 by Intellectual Reserve, Inc. All rights reserved. संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly For the Strength of Youth Message, October 2025को अनुवाद । Nepali. 19624 372