2025
येशू ख्रीष्ट असल दिनहरूका लागि पनि हुनुहुन्छ
युवाहरूको शक्तिका लागि सेप्टेम्बर २०२५


मासिक युवाहरूको शक्तिका लागि सन्देश, सेप्टेम्बर २०२५

येशू ख्रीष्ट असल दिनहरूका लागि पनि हुनुहुन्छ

जब सबै चीजहरू सही भइरहेको हुँदा पनि हामी कसरी मुक्तिदातामा केन्द्रित रहन सक्छौँ ? यहाँ केही तरिकाहरू छन् ।

कागजबाट बनाइएको मुस्कुराइरहेको मुहार सूर्यसामु

कुनै साथीले उहाँको कठिन समयमा मात्रै तपाईंसँग समय बिताएको र खुसी हुँदा तपाईंलाई बेवास्ता गरेको कल्पना गर्नुहोस् । स्वस्थ सम्बन्ध हो ? वास्तवमा होइन ।

के हामी हाम्रा मुक्तिदातासँग कहिल्यै त्यसो गर्छौँ—कठिन समयमा उहाँलाई खोज्छौँ र सहज समयमा उहाँलाई बिर्सन्छौँ ?

सम्भवत: सबैजनाले कुनै न कुनै समयमा कठिन चीजहरूको सामना गर्ने हुनाले हामी येशू ख्रीष्टले हाम्रो कठिन समयमा हामीलाई कसरी सहयोग गर्नुहुन्छ भन्ने सम्बन्धमा धेरै कुरा गर्छौँ ।

परन्तु त्यहाँ त्यस्ता केही दिनहरू—हप्ताहरू वा वर्षहरू पनि छन् यदि हामी भाग्यशाली छौँ भने—जहाँ सबै चीजहरू वास्तवमा नै सही रूपमा भइरहेका हुन्छन् । कहिलेकाहीँ हामी ती समयमा मुक्तिदातालाई बिर्सन्छौँ । मोर्मोनको पुस्तकका मानिसहरूले त्यसो गरे । केही समयका लागि तिनीहरू परमेश्वरका आशीर्वादहरूबाट समृद्ध बने तर अन्ततः जब तिनीहरूले उहाँलाई बिर्से उनीहरू घमण्डको शिकार बने ।

राम्रो समयको अर्थ अब अचानक हामीलाई येशू ख्रीष्टको आवश्यकता पर्दैन भन्ने होइन । समृद्धिका समयहरू मुक्तिदातासँग आनन्दित हुने उत्तम समय हुन्, उहाँलाई बिर्सने होइन ।

त्यसोभए जब चुनौतीहरूले हामीलाई उहाँहरूतर्फ फर्कन सम्झाउँदैनन् तब हामी येशू ख्रीष्ट र स्वर्गमा हुनुहुने हाम्रा पितासँग कसरी सम्पर्कमा रहिरहन सक्छौँ ?

विनम्र हुनुहोस्

जब सबै चीजहरू सही भइरहेको हुँदा आफ्ना आशीर्वाद र उपलब्धिहरूको उत्सव मनाउनु उपयुक्त हुन्छ । परन्तु तपाईं जहाँ हुनुहुन्छ त्यहाँ पुग्न कसले सम्भव बनाउनुभयो भन्ने विषय नबिर्सनुहोस् । राजा बेन्यामिनले मोर्मोनको पुस्तकको आफ्नो प्रवचनमा यसलाई यसरी राखेका छन्:

“किनकि हेर, के हामी सबै मगन्ते होइनौँ र ? हामीसँग भएको सबै सम्पत्तिका लागि, खाना र वस्त्र दुबैका लागि र सुनका लागि र चाँदीका लागि अनि हामीसँग भएका हरेक किसिमका सबै धनहरूका लागि उही व्यक्तिमा, परमेश्वरमा समेत, के हामी सबै भर पर्दैनौँ ? (मोसीयाह ४:१९) ।

स्वर्गका पिता र येशू ख्रीष्टले तपाईंका लागि गर्नुभएको काम सम्झेर आफ्नो सफलताका सम्बन्धमा विनम्र हुनु भनेको तिनीहरूलाई तपाईंका सही समयहरूमा समावेश गर्ने एक उत्तम तरिका हो ।

कृतज्ञ रहनुहोस्

घमण्ड र विस्मृतिका लागि कृतज्ञता उत्तम औषधिहरू मध्ये एक हो । परमेश्वरलाई धन्यवाद दिनाले तपाईंलाई उहाँ अनि उहाँ र उहाँका पुत्रले तपाईंको जीवनमा गर्नुभएका सबै असल कार्यहरू सम्झन सहयोग गर्ने छ । कठिन समयमा जत्तिकै यो राम्रो समयमा पनि प्रभावकारी हुन्छ ।

सचेत रहनुहोस्

शैतानका मनपर्ने आक्रमणहरू मध्ये एक “शान्त पार्नु र [तपाईंलाई] शारीरिक सुरक्षामा झुलाउनु हो” (२ नफी २८:२१) । अर्को शब्दमा, तपाईंको राम्रो समयमा यदि तपाईंले अति नै सन्तुष्ट र सुरक्षित महसुस गर्नुभयो र तपाईंले सबैभन्दा महत्त्वपूर्ण चीज बिर्सनुभयो भने यो उसलाई मन पर्ने छ । त्यसैले, परमेश्वरलाई नबिर्सनुहोस्! जब तपाईं शत्रुका सूक्ष्म चालहरूका सम्बन्धमा सचेत रही आफ्नो राम्रो समयमा पनि तिनीहरूको प्रतिरोध गर्नुहुन्छ, तपाईं स्वर्गका पिता र येशू ख्रीष्टको नजिक रहन सक्नुहुन्छ ।

युवती महिला

असल गोठालो, माइकल मल्मद्वारा

ख्रीष्टमा केन्द्रित रहनुहोस्

अध्यक्ष रसल एम. नेल्सनले सिकाउनुभयो: “जब हाम्रो जीवनको केन्द्रबिन्दु परमेश्वरको मुक्तिको योजना … अनि येशू ख्रीष्ट र उहाँको सुसमाचारमा हुन्छ, हाम्रो जीवनमा—के भइरहेको छ—वा भइरहेको छैन भन्ने विषयलाई बेवास्ता गरी हामी प्रसन्नता महसुस गर्न सक्छौँ ।” प्रसन्नता उहाँबाट र उहाँको कारण आउँछ । उहाँ नै सबै प्रसन्नताको स्रोत हुनुहुन्छ ।”

जीवन राम्रोसँग चलिरहेको समयमा प्रसन्नता सम्बन्धि यो सत्य तपाईं कति पटक सम्झनुहुन्छ ? यो केवल कठिन परिस्थितिमा दिइने सान्त्वनादायी सल्लाह मात्रै होइन । तपाईंका उत्कृष्ट दिनहरूमा पनि यो सदैव सत्य छ । त्यसैले खराब वा असल दुबैमा ख्रीष्टमा ध्यान केन्द्रित गर्न सम्भव भएसम्म प्रयास गर्नुहोस् ।

सूची

  1. रसल एम् नेल्सन, अक्टोबर २०१६ साधारण सम्मेलन (EnsignवाLiahona, नोभे. २०१६, ८२) ।