“अगमवक्ता मोशा,” साथी मार्च २०२६, ४६–४८ ।
मासिक साथी सन्देश, मार्च २०२६
अगमवक्ता मोशा
मोशा एक इस्राएली थिए तर उनलाई मिश्रमा फारोकी छोरीले हुर्काएकी थिइन् । मिश्रीहरूले इस्राएलीहरूप्रति नराम्रो व्यवहार गरेको र तिनीहरूलाई दास बनाएकोमा मोशा दुःखी थिए ।
एक दिन मोशाले एक मिश्रीले एक इस्राएलीलाई हिर्काएको देखे । मोशाले इस्राएलीलाई बचाए ।
जब फारोले थाहा पाए, उनले मोशालाई मार्न चाहन्थे, तर मोशा मिश्रदेशबाट भागे ।
मोशा मिद्धान भन्ने स्थानमा आए, जहाँ तिनले सिप्पोरा नाम गरेकी स्त्रीलाई भेटे । तिनीहरूले विवाह गरे र छोराछोरीहरू जन्माए ।
मिद्धानमा बस्दा मोशाले आगो बलेको झाडी देखे, तर आगोले झाडीलाई जलाएन । परमप्रभु आगोमा देखापर्नुभयो र मोशासँग बोल्नुभयो ।
परमप्रभुले मिश्रदेशमा इस्राएलीहरूले दुःख भोगिरहेका थिए भनेर उहाँलाई थाहा थियो भन्नुभयो । उहाँले मोशालाई मिश्र फर्कन र इस्राएलीहरूलाई मुक्त गर्नका लागि फारोलाई भन्न आदेश दिनुभयो । परमप्रभुले मोशालाई इस्राएलीहरूलाई मुक्त गर्न र तिनीहरूलाई प्रतिज्ञा गरिएको भूमिमा लैजान सहयोग गर्नुहुने छ भन्नुभयो ।
रङ भर्ने पाना
म अरूप्रति दयालु हुन सक्छु
ओड्री डेद्वारा चित्रण । चर्च प्रयोगकोका लागि मात्रै प्रतिलिपि गर्न सकिन्छ ।
दयालु हुनका लागि तपाईं यस हप्ता के गर्न सक्नुहुन्छ ?
© 2026 Intellectual Reserve, Inc. All rights reserved. संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Friend Message, March 2026. को अनुवाद Nepali. 19938 372