साथी
नोआ र जहाज
फेब्रूवरी २०२६ साथी


“नोआ र जहाज,” साथी फेब्रूवरी २०२६, ४६–४८ ।

मासिक साथी सन्देश, फेब्रूवरी २०२६

नोआ र जहाज

भेडा चराउँदै गरेको नोआ र तिनको परिवारको चित्र ।

नोआ र तिनको परिवारले परमप्रभुको आज्ञा पालना गरे । अरू सबै मानिसहरू धेरै पतीत थिए । यदि मानिसहरूले पश्चात्ताप गरेनन् भने बाढीले पृथ्वीलाई ढाक्ने छ भनेर परमप्रभुले नोआलाई बताउनुभयो ।

नोआ प्रवचन दिँदै

परमप्रभुले तिनीहरूलाई प्रेम गर्नुहुन्छ र तिनीहरूले पश्चात्ताप र येशू ख्रीष्टमा आस्था गरेको चाहनुहुन्छ भनेर नोआले मानिसहरूलाई सिकाउनुभयो । तिनीहरूले सुनेनन् ।

नोआ र तिनको परिवारले जहाज निर्माण गर्दै ।

परमप्रभुले नोआलाई एउटा ठूलो जहाज बनाउन भन्नुभयो । नोआको परिवारलाई पानी जहाजले बाढीको समयमा सुरक्षित राख्ने छ ।

जनावरहरू पानी जहाजमा हिँड्दै

नोआका परिवारले पानी जहाजमा खाना ल्याए । परमप्रभुले नोआलाई जहाज भित्र राख्नका लागि कम्तीमा दुई प्रकारका जनावरहरू पठाउनुभयो । त्यसपछि पानी पर्न सुरु गर्‍यो ।

समुद्रमा तैरिरहेको जहाज

४० दिन र ४० रातसम्म पानी पर्‍यो । परमप्रभुले चेतावनी दिनुभए जस्तै पृथ्वीमा बाढी आयो ।

नोआ र उनको परिवार जहाज भित्र

नोआको परिवार र पानी जहाजमा भएका सबै जनावरहरू पानीमा सुरक्षित तैरिए ।

नोआको परिवार र जमिनमा उभिएर इन्द्रेणी हेरिरहेका जनावरहरू

जब बाढी समाप्त भयो, पानी जहाज सुख्खा जमिनमा उत्रियो । तिनीहरूलाई बचाएकोमा नोआ र उनको परिवारले परमपरमप्रभुलाई धन्यवाद दिए । परमप्रभुले पृथ्वीमा फेरि कहिल्यै बाढी नल्याउने प्रतिज्ञा गर्नुभयो । उहाँले आफ्नो प्रतिज्ञाको सम्झनाका लागि इन्द्रेणी पठाउनुभयो ।

रङ भर्ने पाना

परमप्रभुका अगमवक्तालाई अनुसरण गर्दा मलाई आशीष मिल्ने छ

PDF पृष्ठ

ओड्री डेद्वारा चित्रण

अगमवक्तालाई अगुसरण गर्न तपाईं के गर्न सक्नुहुन्छ ?