साथी
आदम र हब्बा
जनवरी २०२६ साथी


“आदम र हब्बा,” साथी, जनवरी २०२६, ४६-४८ ।

मासिक साथी सन्देश, जनवरी २०२६

आदम र हब्बा

अदनको बगैँचामा जनवारहरूसँग आदम र हब्बा

स्वर्गमा रहनुहुने पिताका सन्ततिहरूमध्ये आदम र हब्बा पृथ्वीमा जिउने प्रथम थिए । तिनीहरू अदनको बगैँचामा बस्थे ।

जीवनको वृक्ष

परमेश्वरले तिनीहरूलाई केवल एक बाहेक हरेक वृक्षको फल खाने अनुमति दिनुभयो । यदि तिनीहरूले असल र खराबको ज्ञानको वृक्षबाट खाए भने, तिनीहरूले त्यो बगैँचा छोड्नु पर्ने छ र अन्तत: मर्नु पर्ने छ । परन्तु सैतानले तिनीहरूलाई झुट बोले । यदि तिनीहरूले त्यो फल खाएमा तिनीहरूले असल र खराब जान्ने छन् तर तिनीहरूको मृत्यु हुने छैन भनेर उनले बताए ।

असल र खराबको ज्ञानको वृक्षबाट फल टिप्दै हब्बा

हब्बाले फल खाने छनोट गरिन् ।

हब्बाका हातले आदमको हातमा फल दिँदै

त्यसपछि उनले आदमलाई केही फल दिइन् । उनले पनि त्यसलाई खाने छनोट गरे ।

स्वर्गका पिता र येशू ख्रीष्ट प्रकट हुँदा आदम र हब्बा झाडीहरूमा लुक्दै

परमेश्वर र येशू ख्रीष्ट उनीहरूलाई भेट्न आउनुभयो तर आदम र हब्बा डराए र लुके । तिनीहरूले वृक्षबाट फल खाएका थिए कि थिएनन् भनेर परमेश्वरले सोध्नुभयो ।

आदम र हब्बाले छालाका लुगा लगाएर अदनको बगैँचा छोडे

तिनीहरूले फल खाए भनेर आदम र हब्बाले बताए । अब तिनीहरूले अदनको बगैँचा छोड्नुपर्‍यो । परन्तु परमेश्वरसँग तिनीहरूका लागि योजना थियो । अब तिनीहरूलाई खराबबाट असल जानकारी भयो र तिनीहरूले सन्तति जन्माउन सक्दथे ।

आदम र हब्बा आफ्नो परिवारसँग

आदम र हब्बाले परमेश्वरका आज्ञा पालना गर्ने प्रतिज्ञा गरे । तिनीहरूले परमेश्वरका पुत्र, येशू ख्रीष्टका सम्बन्धमामा थप सिके । तिनीहरू खुसी थिए किनभने उहाँले तिनीहरूको परिवारलाई परमेश्वरमा फर्कनका लागि सहयोग गर्नुहुने छ ।

रङ्ग भर्ने पाना

येशूले पृथ्वी सृष्टि गर्नुभयो

पिडिएफ पृष्ट

अड्री डेद्वारा चित्रण

येशू ख्रीष्टले सिर्जना गर्नुभएका तपाईंलाई मनपर्ने चीजहरू के हुन् ?