“सन्तहरू पश्चिमतर्फ जान्छन्,” साथी, डिसेम्बर २०२५, २६–२८ ।
मासिक साथी सन्देश, डिसेम्बर २०२५
सन्तहरू पश्चिमतर्फ जान्छन्
जोसेफ स्मिथको मृत्युपछि, ब्रिघम यङ र अन्य प्रेरितहरूले चर्चको अगुवाइ गर्नुभयो । सन्तहरूले नाभू छाडेर जानु पर्छ किनभने यो सुरक्षित थिएन भनेर ब्रिघमलाई जानकारी थियो । परन्तु तिनीहरूले पहिले मन्दिर निर्माण पूरा गरून् भनेर परमप्रभु चाहनुहुन्थ्यो ।
जब मन्दिर तयार भयो, हजारौँ सन्तहरूले परमप्रभुसँग करार गरे र परिवारका रूपमा बाँधिए ।
अब पश्चिमतर्फको यात्रा सुरु गर्ने समय भएको थियो । मौसम चिसो थियो र मानिसहरू बिरामी र भोका थिए ।
ब्रिघमले सहयोगका लागि प्रार्थना गर्नुभयो । तिनीहरूले एकअर्कालाई सहयोग गर्नु पर्छ र उहाँले तिनीहरूलाई आशीर्वाद दिनुहुने छ र सहयोग गर्नुहुने छ भनेर परमप्रभुले भन्नुभयो ।
यात्रा अझै पनि धेरै कठिन थियो । कतिपयको मृत्यु भयो । तर तिनीहरूको मन्दिरमा गरिएका करारहरूका कारण, सन्तहरूलाई जानकारी थियो कि तिनीहरूले आफ्ना परिवारका सदस्यहरूलाई पुनः भेट्ने छन् ।
पहिलो सन्तहरू १८४७ मा सल्ट लेक उपत्यकामा आइपुगे । यहाँ तिनीहरूले परमप्रभुको आराधना गर्न र शान्तिपूर्वक उहाँको कार्य गर्न सक्थे ।
वर्षौँको दौडान, धेरै सन्तहरू आए र धेरै मन्दिरहरू निर्माण गरे । येशू ख्रीष्टको सुसमाचार सिकाउन सुसमाचार प्रचारकहरू संसारभरि यात्रा गरे । मुक्तिदाताको चर्च स्वर्गका पिताका सन्ततिहरूलाई जताततै आशीर्वाद दिँदै बढ्दै गयो ।
रङ भर्ने पाना
उहाँ संसारको ज्योति, जीवन र आशा हुनुहुन्छ
कोरी एगबर्टद्वारा चित्रण
येशू ख्रीष्टलाई सम्झन क्रिसमसमा तपाईं के गर्नुहुन्छ ?
© २०२५ Intellectual Reserve, Inc. All rights reserved. संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Friend Message, December 2025 को अनुवाद Nepali. 19637 372