2025
जेन म्यानिङ नाभूको यात्रा गर्छन्
अक्टोबर २०२५


“जेन म्यानिङ नाभूको यात्रा गर्छन,”साथी अक्टोबर २०२५, २६-२८ ।

मासिक साथी सन्देश, अक्टोबर २०२५

जेन म्यानिङ नाभूको यात्रा गर्छन्

खुला क्षेत्रमा जेन म्यानिङलाई बप्तिस्मा दिँदै गरेका एक मानिस

जेन म्यानिङ बस्ने ठाउँमा, केही मानिसहरूले उनको छालाको रङ्गका कारण नराम्रो व्यवहार गरे । एक दिन उनले एक सुसमाचार प्रचारकले सिकाइरहेको सुनिन् । छिट्टै नै उनले बप्तिस्मा लिइन् ।

डुङ्गा नजिकै किनारमा उभिरहेका जेन र उनका परिवार

जेनको परिवारले पनि बप्तिस्मा लियो । तिनीहरू सबै नाभूमा सन्तहरूसँग रहन चाहन्थे । त्यसैले उनीहरूले आफ्नो यात्रा सुरु गरे ।

झोला बोकिरहेको जेन र उनको परिवार नदीमा तैरिँदै गरेको डुङ्गालाई हेर्दै

जेनको परिवार यात्राको केही अंश डुङ्गाबाट यात्रा गर्न चाहन्थ्यो तर उनीहरूसँग पर्याप्त पैसा थिएन । त्यसैले उनीहरूले ८०० माइल (१,३०० कि मि) हिँड्नुपऱ्यो ।

जेन र उनको परिवार पुरानो जुत्ता र हिलो लागेको लुगा लगाएर हिँड्दै

उनीहरूले गहिरो खोला तरेर बाहिर चिसोमा सुत्नुपऱ्यो । परन्तु उनीहरू नाभू पुग्न दृढ थिए । हिँड्दै गर्दा उनीहरूले गीत गाएर आफूलाई उत्साहित बनाए ।

एक जना मानिसको खुट्टामा पट्टी बाँध्दै जेन

जेनको परिवार उनीहरूका जुत्ता नच्यात्तिएसम्म हिँडिरहे र तिनीहरूका खुट्टामा चोट लाग्यो । परन्तु जब तिनीहरूले परमेश्वरलाई सहयोगका लागि प्रार्थना गरे, उहाँले तिनीहरूको खुट्टालाई चङ्गाइ दिनुभयो ।

बिरामी बालक बोकेकी महिलासँग बसेकी जेनलाई हेरिरहेका मानिसहरूको समूह

बाटोमा भेटेका मानिसहरूलाई उनीहरूले सहयोग गरे । आफ्नो आस्थाका कारण उनीहरूले बिरामी बालकलाई पनि चङ्गाइ प्राप्त गर्न सहयोग गरे ।

जेन एमा स्मिथलाई अँगालो हाल्दै, जोसेफ स्मिथ मुस्कुराउनुहुँदै

अन्ततः जेन र उनका परिवार नाभू पुगे ! जब जोसेफ स्मिथले तिनीहरूले भोगेका सबै कुरा सुन्नुभयो, उहाँले जेनलाई भन्नुभयो, “परमेश्वरले तपाईंहरूलाई आशीर्वाद दिनुहुन्छ । तपाईंहरू अब मित्रहरू माझ हुनुहुन्छ ।”

रङ्ग भर्ने पाना

येशले मैले सबैलाई प्रेम गरेको चाहनुहुन्छ

कुर्सीमा सँगै बसिरहेका दुई बालकहरूको पिडिएफ रङ्ग भर्ने पाना

कोरी एगबर्टद्वारा चित्रण

तपाईंहरू अरूहरूलाई कसरी प्रेम देखाउनुहुन्छ ?