2025
नाभूको निर्माण गर्ने
मे २०२५


“नाभूको निर्माण गर्ने,” साथी, सेप्टेम्बर २०२५, २६-२८ ।

मासिक साथी सन्देश, सेप्टेम्बर २०२५

नाभूको निर्माण गर्ने

मिसीसिपी नदीको किनारमा पालमा बस्ने प्रारम्भिक सन्तहरू

परमप्रभुले सन्तहरूलाई नयाँ स्थानमा एकत्रित हुन भन्नुभयो । यो एक ठूलो नदीको नजिकै थियो, जहाँको जमिन भिजेको र हिलो थियो । यो सहर निर्माण गर्नका लागि उपयुक्त स्थान जस्तो देखिँदैनथ्यो । परन्तु अगमवक्ता जोसेफ स्मिथलाई परमप्रभुको सहयोगले, उहाँहरूले यसलाई सुन्दर बनाउन सक्नुहुन्छ भन्ने जानकारी थियो ।

काँधमा काठ बोकेका मानिस, भवन निर्माणका सामग्रीहरू सहितको घोडा र गाडा र काठका केबिनहरू
जोसेफ स्मिथ र अन्य मानिसहरू घर निर्माण गर्नका लागि इँटा बिछ्याउँदै

सन्तहरूले यसलाई बस्नका लागि उपयुक्त स्थान बनाउन कडा परिश्रम गर्नुभयो । जोसेफले त्यस सहरलाई नाभू भन्नुभयो, जसको अर्थ “एक सुन्दर स्थान” हो ।

मन्दिरका लागि एउटा डाँडामा स्थान देखाउँदै जोसेफ स्मिथ

आफ्ना सन्तहरूले नाभूमा मन्दिर निर्माण गरून् भन्ने परमप्रभुको चाहना थियो । मानिसहरूले छिट्टै काम गर्न सुरु गर्नुभयो ।

एउटा घरमा अन्य सन्तहरूलाई सिकाउनुहुँदै जोसेफ स्मिथ

आफ्ना मानिसहरूलाई दिनका लागि परमप्रभुसँग महान् आशीर्वादहरू थिए । मन्दिरमा उहाँहरूले परमप्रभुसँग करारहरू वा विशेष प्रतिज्ञाहरू गर्नुहुने छ । स्वर्गका पिताका सबै सन्ततिहरूका लागि खुसीको योजनाका सम्बन्धमा पनि उहाँहरूले सिक्नुहुने छ ।

सम्पन्न भएको नाभू मन्दिर

सन्तहरूले मन्दिर निर्माण गर्न कडा परिश्रम गर्नुभयो । यसका लागि धेरै समय लाग्यो तर पनि उहाँहरू परमप्रभुले आफ्नो मन्दिरमा उहाँहरूका लागि राख्नुभएका विशेष प्रतिज्ञाहरूका सम्बन्धमा जान्न उत्साहित हुनुहुन्थ्यो ।

रङ्ग भर्ने पाना

मन्दिर परमप्रभुको गृह हो ।

मन्दिरका क्रियाकलापहरूको रङ्ग भर्ने पिडिएफ पाना

कोरी एगबर्टद्वारा चित्रण

तपाईंलाई मन्दिर देख्दा कस्तो महसुस हुन्छ ?