2025
लिबर्टी कारागार
मे २०२५


“लिबर्टी कारागार” साथी अगष्ट २०२५, २६-२८ ।

मासिक साथी सन्देश, अगष्ट २०२५

लिबर्टी कारागार

जलिरहेका घरहरू र बन्दुकहरू बोकेका क्रोधित मानिसहरू

मिजोरीका धेरै मानिसहरूले सन्तहरूलाई मन पराएनन् । राज्यपालले तिनीहरूलाई त्यहाँबाट धपाउनका लागि सिपाहीहरू पठाए ।

जोसेफ स्मिथलाई तरवार देखाउँदै घोडामा सवार मानिस

सिपाहीहरूले जोसेफ स्मिथ र चर्चका अन्य अगुवाहरूलाई गिरफ्तार गरे । एक रात, चौकीदारहरू सन्तहरूलाई गरेका नराम्रा कामहरूका सम्बन्धमा हाँसिरहेका थिए ।

साङ्लाले नाडीमा बाँधिएका जोसेफ स्मिथ, उभिएर मानिसहरूसँग वार्तालाप गर्दै

जोसेफ उठ्नुभयो र चिच्याउनुभयो, “चुप लाग्नुहोस्!” परमेश्वरको शक्ति सहित उहाँले बोल्नुभयो । चौकीदारहरूले माफ माँगे र बोल्न बन्द गरे ।

लिबर्टी कारागारमा जोसेफ स्मिथ र अन्य मानिसहरू दु:खी र जाडोले कठ्याङ्ग्रिएको देखिन्थे

पछि, जोसेफ र उहाँका साथीहरूलाई लिबर्टी भनिने शहरको कारागारमा राखियो । कारागार चिसो, सानो र अँध्यारो थियो । सुत्नका लागि उहाँहरूसँग फोहोर पराल मात्र थियो । उहाँहरूलाई दिइएको खानाले उहाँहरूलाई बिरामी बनायो ।

जोसेफ स्मिथ रोइरहनुभएको र एक जना मानिसले उहाँलाई सान्त्वना दिइरहनुभएको

जोसेफ सन्तहरूका सम्बन्धमा चिन्तित हुनुहुन्थ्यो । परन्तु उहाँहरूलाई सहयोग गर्नका लागि उहाँले केही पनि गर्न सक्नुभएन ।

कारागारमा प्रार्थना गर्नका लागि घुँडा टेक्नुहुँदै जोसेफ स्मिथ

जोसेफले धेरै प्रार्थना गर्नुभयो । उहाँलाई र चर्चका सदस्यहरूलाई परमेश्वरले बिर्सनुभएको हो कि भनेर उहाँले सोध्नुभयो ।

सानो झ्यालबाट आइरहेको सूर्यको किरणतर्फ माथि हेर्दै ,जोसेफ स्मिथ कारागारमा घुँडा टेक्दै

परमेश्वरले जोसेफको प्रार्थनाको उत्तर दिनुभयो । उहाँले भन्नुभयो, “मेरा पुत्र, तिम्रो आत्मालाई शान्ति मिलोस् ।” उहाँका चुनौतीहरू सधैँभरि रहने छैनन् र ती उहाँको भलाइका लागि हुने छन् भनेर परमेश्वरले जोसेफलाई भन्नुभयो । उहाँ “सदासर्वदा” जोसेफसँग रहनुहुने छ भनेर उहाँले प्रतिज्ञा गर्नुभयो (सिद्धान्त र करार १२१:७, ४६) ।

रङ्ग भर्ने पाना

अरुहरूका लागि म ज्योति जस्तै हुन सक्छु

लाइटहाउस (प्रकाशस्तम्भ), चट्टानी किनार र समुद्रमा पाल डुङ्गा भएको रङ लगाउने पृष्ठ

कोरी एगबर्टद्वारा चित्रण

तपाईं अरुहरूका लागि कसरी एक असल उदाहरण हुनुहुन्छ ?