2025
प्रेरितहरूले ग्रेट ब्रिटेनमा सुसमाचार प्रचारको सेवा गर्नुहुन्छ
मे २०२५


मासिक साथी सन्देश, जुलाई २०२५

प्रेरितहरूले ग्रेट ब्रिटेनमा सुसमाचार प्रचारको सेवा गर्नुहुन्छ

ग्रेट ब्रिटेनमा प्रचार गरिरहनुभएका प्रेरितहरूको कल्पना गर्नुहुँदै जोसेफ स्मिथ

परमप्रभुले जोसेफ स्मिथलाई केही प्रेरितहरूलाई ग्रेट ब्रिटेनमा सुसमाचार प्रचार गर्नका लागि पठाउन भन्नुभयो । प्रेरितहरूलाई आफ्नो परिवार छोड्न कठीन थियो तर परमप्रभुले उहाँहरूलाई आशीषित गर्ने प्रतिज्ञा गर्नुभयो ।

ओछ्यानमा बिरामी किम्बल परिवार

हिबर सी. किम्बल र उहाँकी श्रीमती, भाइलेटको हुर्कँदै गरेको परिवार थियो । उहाँहरूमध्ये अधिकांश बिरामी हुनुहुथ्यो ।

ब्रिघम यङ आफ्नो परिवारसँग बिदाइ हुँदै

ब्रिघम यङ पनि बिरामी हुनुहुन्थ्यो र उहाँको परिवार गरिब थियो । परन्तु ब्रिघमकी श्रीमती मेरी एनले उहाँलाई भन्नुभयो, “जानुहोस् र आफ्नो सुसमाचार प्रचार सेवा पूरा गर्नुहोस् र परमप्रभुले तपाईंलाई आशीष दिनुहुने छ ।”

हिबर र ब्रिघम गाडाको पछाडि चढ्दै

हिबर र ब्रिघमको स्वास्थ्यमा सुधार भयो तर उहाँहरू धेरै कमजोर हुनुहुन्थ्यो । उहाँहरू सुसमाचार प्रचार गर्न चाहनुहुन्थ्यो, त्यसैले उहाँहरूले आफ्नो परिवारसँग बिदाइ लिँदै आफ्नो यात्रा सुरु गर्न गाडाको पछाडि चढ्नुभयो ।

हिबर र ब्रिघमले ग्रेट ब्रिटेनमा मानिसहरूलाई सुसमाचार प्रचार गर्दै

समुद्र पारको लामो यात्रा पछि हिबर र ब्रिघम ग्रेट ब्रिटेनमा आइपुग्नुभयो । अन्य प्रेरितहरूसँगै उहाँहरूले धेरै मानिसहरूलाई सुसमाचार सिकाउनुभयो । हजारौँ मानिसहरूले येशू ख्रीष्टको चर्चमा बप्तिस्मा लिनुभयो । उहाँहरूमध्ये धेरैले संयुक्त राज्य अमेरिकामा सन्तहरूसँग सहभागी हुन समुद्र पार गर्नुभयो ।

हिबर र ब्रिघमका परिवारहरूले पानीजहाज घाटमा उहाँहरूलाई अभिवादन गर्दै

सुसमाचार प्रचारकका रूपमा सेवा गर्दा परमप्रभुले हिबर र ब्रिघमका परिवारहरूलाई उहाँहरूको हेरचाह गर्ने आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो ।

रङ्ग भर्ने पाना

पृथ्वीमा भएका हरेक प्राणीलाई परमेश्वरले सृष्टि गर्नुभयो

बिरालो, पुतली र फूलहरूको रङ्ग भर्ने क्रियाकलापको PDF पृष्ठ

कोरी एगबर्टद्वारा चित्रण

तपाईंलाई मनपर्ने प्राणी के हो?