मासिक साथी सन्देश, जुन २०२५
कर्टल्याण्ड मन्दिर निर्माण गर्ने
अमेरिकाको ओहायोको कर्टल्याण्डमा मन्दिर निर्माण गर्ने समय आएको छ भनेर परमप्रभुले जोसेफ स्मिथलाई भन्नुभयो । यो एक विशेष स्थान हुने छ जहाँ परमप्रभुले आफ्ना मानिसहरूलाई भेट गर्नुहुने छ र उहाँहरूसँग प्रतिज्ञाहरू गर्नुहुने छ ।
सन्तहरूले मन्दिर निर्माण गर्न सुरु गर्नुभयो । यसमा धेरै पैसा खर्च भयो र धेरै काम गर्नुपर्ने आवश्यकता भयो । परन्तु उहाँहरू परमप्रभुको आशीर्वाद प्राप्त गर्न उत्साहित हुनुहुन्थ्यो ।
सन्तहरूले मन्दिरमा काम गर्दै गर्दा, उहाँहरूसँग भएको पैसा सकिँदै गयो । उहाँहरूले सहयोगका लागि परमेश्वरलाई प्रार्थना गर्नुभयो ।
क्यारोलिन टिपेट्स नाम गरेकी एक महिला र उहाँको परिवारले धेरै पैसा बचत गरेका थिए । मन्दिर निर्माणमा सहयोग गर्नको लागि उहाँहरूले त्यो पैसा चर्चलाई ऋण लिन दिनुभयो ।
सन्तहरूले कडा परिश्रम गर्नुभयो । केहीले ढुङ्गाहरूले भरिएका गाडाहरू चलाउनुभयो । अरूहरूले कामदारहरूका लागि लुगा र खाना तयार पार्नुभयो ।
बालबालिकाहरूले पीसेर मन्दिरको भित्तामा राख्नका लागि फुटेका सिसाका टुक्राहरू सङ्कलन गरे ताकि तिनीहरू सूर्यको प्रकाशमा चम्कन्छन् ।
छिट्टै नै मन्दिरको निर्माण कार्य सम्पन्न भयो! उहाँले प्रतिज्ञा गर्नुभएको आशीर्वाद प्राप्त गर्न सन्तहरू परमप्रभुको गृहमा जान उत्साहित हुनुहुन्थ्यो ।
रङ्ग भर्ने पाना
परमप्रभुले म को हुँ भनेर जान्नुहुन्छ र मलाई प्रेम गर्नुहुन्छ
कोरी एगबर्टद्वारा चित्रण
अण्डाकृतिमा आफ्नो अनुहारको चित्र कोर्नुहोस् । येशू ख्रीष्टले तपाईंलाई प्रेम गर्नुहुन्छ भनेर तपाईंलाई कसरी जानकारी हुन्छ?
© 2025 द्वारा Intellectual Reserve, Inc. All rights reserved । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Friend Message, June 2025 को अनुवाद ।Nepali. 19643 372