“लुसीले सत्य पत्ता लगाउँछिन्,” साथी, अप्रिल २०२५, २६-२८ ।
मासिक साथी सन्देश, अप्रिल २०२५
लुसीले सत्य पत्ता लगाउँछिन्
एक दिन, १५ वर्षीया लुसी मोर्ली आफ्नी छिमेकी, अबिगेल डेनियल्सलाई कपडा बुन्नका लागि सहयोग गरिरहेकी थिइन् । काम गरिरहेको समयमा, तीन जना सुसमाचार प्रचारकहरूले ढोका ढकढक्याउनुभयो । येशू ख्रीष्टले उहाँहरूलाई सन्देश बाँढ्नका लागि पठाउनुभएको थियो भनेर उहाँहरूले बताउनुभयो ।
येशूले जोसेफ स्मिथलाई अगमवक्ता हुन बोलावट गर्नुभएको थियो भनेर ती मानिसहरूले अबिगेल र लुसीलाई भने । उहाँहरूले तिनीहरूलाई मोर्मोनको पुस्तकका सम्बन्धमा पनि बताउनुभयो ।
अबिगेल रिसाएकोमा लुसी छक्क परिन् । उनले सुसमाचार प्रचारकहरूलाई त्यहाँबाट जान लगाइन् ।
सुसमाचार प्रचारकहरू परमेश्वरका सेवकहरू हुनुहुन्छ भनेर लुसीलाई जानकारी थियो । उनले उहाँहरूलाई सडकको तलपट्टी बस्ने उनको परिवारलाई भेट्न भनिन् ।
सुसमाचार प्रचारकहरू मोर्लीको घरमा जानुभयो । लुसीका आमाबुबाले सुसमाचार प्रचारकहरूलाई आफू र आफ्ना साथीहरूलाई सिकाउन आमन्त्रण गर्नुभयो ।
त्यो रात, १७ जनाले बप्तिस्मा लिए । आगामी केही दिनमा, अन्य ५० जनाले सुसमाचार प्रचारकहरूका सन्देशहरू सुने र बप्तिस्मा लिए । लुसीकी छिमेकी अबिगेलले पनि आफ्नो मन परिवर्तन गरिन् । तिनी र तिनका श्रीमान, लुसी र उनको परिवारका सदस्यहरूले बप्तिस्मा लिएर येशू ख्रीष्टलाई अनुसरण गर्ने छनोट गरे ।
रङ्ग भर्ने पाना
येशू ख्रीष्टका कारणले, म पुनरुत्थान हुने छु
कोरी एगबर्टद्वारा चित्रण
तपाईं इष्टरमा येशूलाई कसरी सम्झनुहुन्छ?
© 2025 द्वारा Intellectual Reserve, Inc. All rights reserved । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Friend Message, April 2025 को अनुवाद ।Nepali. 19631 372