2025
पादरित्वको पुनर्स्थापना गरिएको छ
मार्च २०२५


“पादरित्वको पुनर्स्थापना गरिएको छ,” साथी, मार्च २०२५, २६–२८ ।

मासिक साथी सन्देश, मार्च २०२५

पादरित्वको पुनर्स्थापना गरिएको छ

तपाईंले यो कथा जोसेफ स्मिथको—इतिहास १:६६–७३सिद्धान्त र करार २७:१२ मा पढ्न सक्नुहुन्छ ।

ख्रीष्टले नफीहरूलाई भेट गर्नुभएको परिकल्पना गर्दै जोसेफ स्मिथले ओलिभर काउड्रीसँग संवाद/वार्तालापगर्दै

जोसेफ स्मिथले सुनका पाताहरू प्राप्त गरेपछि, उहाँले तिनीहरूलाई अनुवाद गर्न प्रारम्भ गर्नुभयो । ओलिभर काउड्रीले उहाँले भनेका विषयहरू लेख्नुभयो । उहाँहरूले कार्य गर्दै गर्दा, येशू ख्रीष्टले सबैले बप्तिस्मा गरेको चाहनुहुन्छभनेर उहाँहरूले सिक्नुभयो ।

जोसेफ स्मिथ र ओलिभर काउड्री जङ्गलमा प्रार्थना गर्दै

मानिसहरूलाई बप्तिस्मा दिने परमेश्वरको शक्ति कोसँग छ भनेर जोसेफ र ओलिभरले विचार गर्नुभयो । प्रार्थना गर्न र परमेश्वर सँग सोध्नका लागि उहाँहरू जङ्गलमा जानुभयो ।

जोसेफ स्मिथको शिरमा हात राख्दै स्वर्गदूत

उहाँहरूले प्रार्थना गर्दा, एक स्वर्गदूत प्रकट हुनुभयो । उहाँ धेरै पहिले येशू ख्रीष्टलाई बप्तिस्मा दिने यूहन्ना हुनुहुन्थ्यो भनेर उहाँले बताउनुभयो । उहाँले जोसेफ र ओलिभरलाई हारुनको पादरीत्व प्रदान गर्नुभयो ताकि उहाँहरूले अरूहरूलाई बप्तिस्मा दिन सक्नुहोस् । पादरित्व परमेश्वरको शक्ति हो । परमेश्वरका सन्ततिहरूलाई आशीर्वाद दिन यसको प्रयोग गरिन्छ ।

ओलिभर काउड्रीलाई बप्तिस्मा दिँदै जोसेफ स्मिथ

बप्तिस्मा दिने यूहन्नाले जोसेफ र ओलिभरलाई बप्तिस्मा लिन भन्नुभयो । उहाँहरू नदीमा जानुभयो र एक अर्कालाई बप्तिस्मा दिनुभयो । जब उहाँहरू पानीबाट बाहिर आउनुभयो, उहाँहरू पवित्र आत्माले भरिनुभएको थियो । उहाँहरू अति नै खुसी हुनुभयो!

जोसेफ स्मिथको शिर माथि हात राख्दै तीन स्वर्गदूतहरू

पछि, अन्य स्वर्गदूतहरू आउनुभयो । येशू ख्रीष्टका तीन प्रेरितहरू—पत्रुस, याकूब र यूहन्नाले—जोसेफ र ओलिभरलाई मल्कीसेदेक पादरित्व प्रदान गर्नुभयो । अब जोसेफ र ओलिभरले अरूहरूलाई पवित्र आत्माको उपहार दिन सक्नुहुन्थ्यो ।

रङ्ग भर्ने पाना

येशूले हृदयको गीतलाई मन पराउनुहुन्छ

सङ्गीतका नोटहरू भएको हृदय

कोरी एगबर्टद्वारा चित्रण

येशू ख्रीष्टका सम्बन्धमा गीत गाउँदा तपाईंलाई कस्तो महसुस हुन्छ?