2025
जोसेफ स्मिथले सुनका पाताहरू प्राप्त गर्नुहुन्छ
फेब्रूवरी २०२५


“जोसेफ स्मिथले सुनका पाताहरू प्राप्त गर्नुहुन्छ,” साथी, फेब्रूवरी २०२५, २६-२८ ।

“मोर्मोनको पुस्तक सत्य छ भनेर म एक साक्षी हुन सक्छु,” साथी, फेब्रूवरी २०२५, ४८ ।

मासिक साथी सन्देश, फेब्रूवरी २०२५

जोसेफ स्मिथले सुनका पाताहरू प्राप्त गर्नुहुन्छ

तपाईंले यो कथा जोसेफ स्मिथको—इतिहास १:२८–६०मा पढ्न सक्नुहुन्छ ।

जोसेफ स्मिथ झ्याल बाहिर हेर्नुहुँदै

पहिलो दर्शनको तीन वर्षपछि, जोसेफ स्मिथले आफूले गरेका केही गल्तीहरूका सम्बन्धमा पश्चातापको भावना महसुस गर्नुभयो । यसका सम्बन्धमा उहाँले स्वर्गका पितालाई प्रार्थना गर्नुभयो ।

जोसेफ स्मिथ प्रार्थनामा घुँडा टेक्नुहुँदै

जोसेफले प्रार्थना गरिरहनुहुँदा प्रकाशले कोठा भरिपूर्ण भयो । उहाँले हावामा एक स्वर्गदूत उभिरहनुभएको देख्नुभयो । स्वर्गदूतको नाम मोरोनी थियो ।

स्वर्गदूत मोरोनीले जोसेफ स्मिथलाई उहाँको कोठामा भेट्नुहुँदै

मोरोनीले त्यहाँ सुनका पृष्टहरू वा पाताहरूबाट बनेको एक पुस्तक भएको बताउनुभयो । यो जोसफको घर नजिकैको पहाडमा गाडिएको थियो । यो पुस्तक धेरै पहिले अमेरिकामा बस्ने मानिसहरूका सम्बन्धमा थियो । परमेश्वरले जोसेफलाई त्यो पुस्तक अनुवाद गर्न सहयोग गर्नुहुन्छ भनेर मोरोनीले बताउनुभयो ।

सुनका पाताहरूलाई हेर्नका लागि जोसेफ स्मिथ खाडलमा तल हेर्नुहुँर्दै

जोसेफ पहाडमा जानुभयो र एउटा गह्रौँ पत्थरमुनि पाताहरू भेटाउनुभयो । तिनीहरूलाई प्राप्त गर्नका लागि जोसेफ अझै तयार हुनुहुन्न भनेर मोरोनी आउनुभयो र बताउनुभयो ।

स्वर्गदूत मोरोनी जोसेफ स्मिथसँग वार्तालाप गर्नुहुँदै

जोसेफ परिपक्व हुनुभए पछि मोरोनीले उहाँलाई पहाडमा भेट्नुभयो र उहाँलाई ती पाताहरू दिनुभयो । तिनीहरूलाई सुरक्षित रूपमा राख्नका लागि मोरोनीले जोसेफलाई भन्नुभयो ।

जोसेफ स्मिथ एक परिवारसँग वार्तालाप गर्नुहुँदै

जोसेफले ती पाताहरूलाई अङ्ग्रेजीमा अनुवाद गर्न सुरु गर्नु भयो । उहाँको सहयोगका लागि उहाँले परमेश्वरबाट प्राप्त विशेष उपकरणहरू प्रयोग गर्नुभयो । मोर्मोनको पुस्तकका रूपमा १८३० मा यो पुस्तक प्रकाशित भएको थियो । यसले येशू ख्रीष्ट र उहाँको सुसमाचारका सम्बन्धमा सिकाउँछ ।

रङ्ग भर्ने पाना

मोर्मोनको पुस्तक सत्य छ भनेर म एक साक्षी हुन सक्छु

मोर्मोनको पुस्तकलाई अङ्कमाल गर्दै गरेकी बालिकाको रङ्ग भर्ने पाना

कोरी एगबर्टद्वारा चित्रण

अरूहरूलाई मोर्मोनको पुस्तकमा येशू ख्रीष्टका सम्बन्धमा सिक्न कसरी सहयोग गर्न सक्नुहुन्छ?