“पहिलो दर्शन,” साथी, जनवरी २०२५, २६–२८.
मासिक साथी सन्देशह, जनवरी २०२५
पहिलो दर्शन
तपाईंले यो कथा जोसेफ स्मिथ—इतिहास १:१–२०मा पढ्न सक्नुहुन्छ ।
जब जोसेफ स्मिथ युवा हुनुहुन्थ्यो, धेरै चर्चहरूले येशू ख्रीष्टको सम्बन्धमा विभिन्न विषयहरू सिकाए । जोसेफलाई कुन चर्चमा सहभागी हुने भनेर ज्ञान थिएन ।
एक दिन उनले बाइबलमा याकूब १:५ पढ्नुभयो । यसमा भनिएको थियो यदि हामीलाई ज्ञान आवश्यक छ भने, हामी परमेश्वरलाई सोध्न सक्छौँ । जोसेफले त्यसै गर्ने निर्णय गर्नुभयो ।
एक सुन्दर वसन्त ऋतुको दिनमा, जोसेफ स्वर्गका पितालाई प्रार्थना गर्न बनमा जानुभयो ।
जोसेफले घुँडा टेकेर प्रार्थना गर्न सुरू गर्नुभयो । तर त्यसपछि उहाँले आफ्नो चारैतिर अँध्यारो महसुस गर्नुभयो । जोसेफ डराउनुभयो । उहाँले परमेश्वरसँग सहयोग माँग्नुभयो ।
अचानक, जोसेफले स्वर्गबाट चहकिलो ज्योति आइरहेको देख्नुभयो । उहाँले स्वर्गका पिता र येशू ख्रीष्टलाई हावामा उभिरहनुभएको देख्नुभयो । स्वर्गका पिताले जोसेफको नाम बोलाउनुभयो । त्यसपछि उहाँले येशू ख्रीष्टतर्फ देखाउनुभयो र भन्नुभयो, “यी मेरा प्रिय पुत्र हुन् । उहाँलाई सुन!”
येशूले जोसेफलाई कुनै पनि चर्चमा सहभागी हुनुहुँदैन भन्नुभयो ।
जोसेफले पृथ्वीमा सुसमाचारको पूर्णता पुनर्स्थापित् गर्न सहयोग गर्नुहुने छ ।
जोसेफ अब अन्योलमा हुनुहुन्नथ्यो । उहाँ प्रसन्नताले भरिपूर्ण हुनुभयो! परमेश्वरले उहाँलाई प्रेम गर्नुहुन्छ भनेर उहाँलाई ज्ञान थियो । उहाँले स्वर्गका पिता र येशू ख्रीष्टलाई देख्नुभएको थियो भनेर केही मानिसहरूले विश्वास गरेनन् तरपनि यो सत्य थियो भनेर उहाँलाई जानकारी थियो ।
रङ्ग भर्ने पाना
स्वर्गका पिताले मेरा प्रार्थनाहरू सुन्नुहुन्छ र जवाफ दिनुहुन्छ
कोरी एगबर्टद्वारा चित्रण
स्वर्गका पिताले जोसेफ स्मिथको प्रार्थनाको उत्तर दिनुभयो । उहाँले तपाईंको पनि उत्तर दिनुहुने छ ।”
© 2025 Intellectual Reserve, Inc. द्वारा सर्वाधिकार सुरक्षित । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Friend Message, January, 2025 को अनुवाद । Nepali. 19632 372