“नफी मानिसहरूका लागि प्रार्थना गर्नुहुन्छ” साथी, सेप्टेम्बर २०२४, २६–२७ ।
मासिक साथी सन्देश, सेप्टेम्बर २०२४
नफी मानिसहरूका लागि प्रार्थना गर्नुहुन्छ
एन्ड्रू बस्लीद्वारा चित्रण
नफी एक अगमवक्ता हुनुहुन्थ्यो । काँसका पाताहरू प्राप्त गर्ने नफीको नामबाट उहाँको नाम राखिएको थियो । उहाँलाई जनहरूको चिन्ता थियो । तिनीहरूले परमेश्वरलाई अनुशरण गर्न छोडेका थिए ।
नफी आफ्नो बगैँचामा जानुभयो । उहाँ बगैँचाको एउटा धरहरामा चढ्नुभयो र त्यहाँ परमेश्वरलाई प्रार्थना गर्नुभयो । उहाँले जनहरूका लागि प्रार्थना गर्नुभयो ।
केही मानिसहरूले धरहरामा नफीलाई देखे । तिनीहरू सुन्नका लागि रोकिए र सुन्नका लागि अरूहरूलाई एकत्रित गरे । नफीले प्रार्थना गरेपछि, उहाँले तिनीहरूले हेरिरहेको देख्नुभयो र तिनीहरूलाई सिकाउन सुरु गर्नुभयो ।
नफीले मानिसहरूलाई पश्चात्ताप गर्न आग्रह गरे । कतिपयलाई नफीले सिकाएका विषय मन परेन । परन्तु अन्य धेरैले सुने! तिनीहरूले पश्चात्ताप गर्ने छनोट गरे र आफ्नो मार्ग परिवर्तन गरे ।
रङ्ग भर्ने पाना
कुखुरीले आफ्ना चल्लाहरू जम्मा गरे जस्तै येशूले हामीलाई एकत्रित गर्नुहुन्छ
एडम कोफोर्डद्वारा चित्रण
तपाईंहरू येशू ख्रीष्टबाट कसरी प्रेम महसुस गर्नुहुन्छ?
© 2024 Intellectual Reserve, Inc. द्वारा सर्वाधिकार सुरक्षित । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Friend Message, September 2024. को अनुवाद। Nepali. 19357 372